विश्वकप छनोट : अग्रता जोगाउन नसक्दा सिंगापुरसँग बराबरीमा रोकियो चीन

फिफा विश्वकप छनोटअन्तर्गत समूह ‘सी’ को दुवै खेल बराबरीमा टुंगिएका छन् । दक्षिण कोरिया र थाइल्याण्डले एक–एक गोलको बराबरी खेल्दा अर्को खेलमा सिंगापुर र चीनले दुई–दुई गोलको बराबरी खेले । 

थाइल्याण्डविरुद्ध दक्षिण कोरियाले सन ह्युङ मिनले जे सियोङ लीको पासमा ४२ औं मिनेटमा भएको गोलले अग्रता लिएको थियो । तर, थाइल्याण्डले दोस्रो हाफमा बराबरी गोल फर्कायो । ६१ औं मिनेटमा सुफानत मुएनटाले लुक मिकेलसनको पासमा गोल गर्दै एक–एक गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल नभएपछि दुवै टिमले एक–एक अंक लिए ।

यस्तै, अर्को खेलमा सिंगापुर र चीनले दुई–दुई गोलको बराबरी खेले । चीनले २ गोलको अग्रता जोगाउन असफल भएको थियो । १० औं मिनेटमा लि वुइले गोल गर्दै चीनलाई अग्रता दिलाएका थिए । 

पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा चीनका उनी लीले व्यक्तिगत दोस्रो गोल गर्दा अग्रता पनि दोब्बर भएको थियो । तर, सिंगापुरले आफूलाई दोस्रो हाफको उत्कृष्ट सावित गर्न सफल भयो । 

५३ औं मिनेटमा फेरिस रामलीले गोल गर्दै अग्रता २–१ मा झारेका थिए । ८१ औं मिनेटमा ज्याकोब मेहलरले गोल गरेपछि सिंगापुरले खेल २–२ को बराबरीमा ल्याएको थियो । त्यसपछि थप गोल नभएपछि दुवै टिमले एक–एक अंकमा चित्त बुझाए ।

समूह ‘सी’ मा दक्षिण कोरिया ३ खेलबाट ७ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । यसैगरी थाइल्याण्ड तीन खेलबाट ४ अंकका साथ दोस्रो स्थानमा रहँदा समान ४ अंक रहेको चीन तेस्रो स्थानमा छ । सिंगापुर भने एक अंकका साथ तालिकाको पुछारमा छ । 






  • प्रकाशित मिति : चैत ९, २०८० शुक्रबार ७:४३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया