logo-img

मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिँदैन : शिक्षा मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया नरोकिने बताएकी छन् । 

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया नरोकिने बताएकी हुन् ।

बैठकमा नेकपा(एमाले)की सांसद विद्या भट्टराईले दुई विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको भन्दै कसरी काम अगाडी बढिरहेको छ भनी मन्त्री श्रेष्ठसँग जवाफ माग गरेकी थिइन् । सांसद भट्टराईको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले विश्वविद्यालयको उपकुलपति छनौटको मापदण्ड कडा भएको आवाज आएकाले प्रक्रिया रोकिएको जानकारी दिइन् । उनले आफू सहकुलपतिको हैसियतले सर्च कमिटीमा पनि भएको स्पष्ट पारिन् । उनले अध्ययनमा बढी नम्बर दिनुपर्छ भनेर प्रधानमन्त्रीलाई आग्रह गरिएको भन्दै सोही अनुरूप अगाडि बढ्ने र प्रक्रिया नरोकिने बताइन् । 

उनले भनिन्, ‘सुदूर र मध्यपश्चिम विश्वविद्यालयको मापदण्ड कडा भयो भनेर आवाज उठेकाले रोकिएको थियो । आज चिकित्सा शिक्षा आयोगको बिहान बालुवाटारमा बैठक थियो । त्यो दुई वटा विश्वविद्यालयको सर्च कमिटीमा म सहकुलपतिको हैसियतले छैन । त्यसको नेतृत्व युजिसीको अध्यक्षले गर्दै हुनुहुन्छ । र प्रधानमन्त्रीज्यूलाई अनुरोध गरेर विश्वविद्यालयको लिडबाट अध्ययनमा बढी नम्बर दिनुपर्छ भनेर कन्भिन्स् पनि गरिरहेका छौँ । त्यही अनुरूप हामी अगाडि बढ्छौँ । त्यसको लागि अब रोकिँदैन ।’

मन्त्री श्रेष्ठले नर्सिङ शिक्षामा देखिएका समस्या समाधानका लागि जिम्मेवार निकायहरूसँग बैठक गर्ने र आवश्यक कदम चाल्ने बताइन् । 





  • प्रकाशित मिति : चैत ९, २०८० शुक्रबार १६:५२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया