logo-img

नीति तथा कार्यक्रम र बजेट निर्माणमा तीनै तहको धारणा समेट्छौँ : मन्त्री श्रेष्ठ

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले तीन तहकै धारणालाई समेटेर नीति तथा कार्यक्रम र बजेटको संरचनामा जुटेको बताएकी छन् । 

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सम्बन्धी छलफलमा उनले अब आउने नीति तथा कार्यक्रम शिक्षा संघहरूले नभएर स्थानीय तहले डेलिभरी गर्ने भएकाले स्थानीय तहको धारणालाई समेटेर नीति तथा कार्यक्रम र बजेटको संरचनामा जुटेको बताएकी हुन् । 

उनले भनिन,‘प्रदेश र स्थानीय तहसँग कुराकानी थालेको छौँ । अब आउने नीति तथा कार्यक्रम देशका शिक्षा सम्बन्धी संघहरूले डेलिभरी गर्ने होइन । स्थानीय तहले गर्ने हो । त्यसैले उहाँहरूको रिपोर्ट र धारणालाई पनि समेटेर नीति तथा कार्यक्रम र बजेटको संरचनामा राख्छौँ ।’

उनले आफू सधैँ सदन र समिति पूर्ण रूपमा जबाफदेही हुने किसिमले प्रस्तुत हुने प्रतिबद्धता जनाउँदै भनिन्,‘प्रतिनिधिसभाको बैठकमा उठेको प्रश्नहरूको लिस्ट बनाएर त्यसको एउटा समय नै लिएर सदन र समिति पूर्ण रूपमा जबाफदेही हुने किसिमले प्रस्तुत हुन्छु ।’ 





  • प्रकाशित मिति : चैत ९, २०८० शुक्रबार १८:५४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया