logo-img

नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रूपमा आवाज उठायौँ : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले अन्तर व्यवस्थापिका संघको सभामा नेपालको तर्फबाट विश्वमा देखा परेका भौगोलिक, क्षेत्रीय द्वन्द्व र शान्तिमा देखा परेका समस्याका बारेमा कुरा उठाएको बताएका छन् । 

अन्तर व्यवस्थापिका संघको १४८ औँ सभामा सहभागी भई स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सभामा नेपालको तर्फबाट प्रभावकारी ढंगबाट सहभागिता जनाएको बताए । 

उनले १४८ औँ अन्तर व्यवस्थापिका संघको सभामा संसदहरूको डिप्लोमेसी, अहिलेको परिस्थितिमा डिप्लोमेसीले शान्ति र प्रगतिको लागि के कामहरू गर्न सकिन्छ ? सद्भाव र शान्ति विकास गर्नका लागि कसरी काम गर्ने ? यसको के महत्त्व छ ? भन्ने विषयमा आधारित भएर छलफल भएको बताए । उनले सभामा १४२ भन्दा बढी देशका संसदहरूको प्रतिनिधित्व रहेको बताए । 

उनले नेपालले सभामा जलवायु परिवर्तन लगायतका विभिन्न ठाउँमा देखा परिरहेका समस्या समाधान गर्नलाई कूटनीतिक ढंगबाट संसदले खेल्ने भूमिका खेल्नुपर्ने बारेमा कुरा उठाएको बताए । नन एलाइमेण्ट मोमेण्टमा पनि नेपालको तर्फबाट सहभागिता जनाएको र अहिले देखा परेका चुनौती, जलवायु परिवर्तनले पारिरहेको प्रभाव र नेपाल तथा नेपालजस्ता मुलुकहरूमा तत्काल परेका असरहरूलाई न्यूनीकरण गर्ने लगायतका विषयमा छलफल भएको बताए । संसद्लाई आइपिओमार्फत कसरी प्रभावकारी पार्ने ? क्षेत्रीय तहका सम्भव भएका भेलाहरू नेपालले पनि आयोजना गर्न सक्ने विषयमा छलफल गरेको उल्लेख गरे । 

सभामुख घिमिरेले अब संसदीय गतिविधिहरू तीव्र रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे । उनले संसदीय गतिविधि संसदीय समितिमार्फत पनि अघि बढी रहेको बताए ।  





  • प्रकाशित मिति : चैत १६, २०८० शुक्रबार ९:५१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया