logo-img

दक्षिण लेबनानमा हिजबुल्लाहका रकेट र मिसाइल युनिटका उपकमान्डर मारिएको इजरायलको दाबी
फाइल तस्बिर

हिजबुल्लाहको रकेट र मिसाइल युनिटका उपकमाण्डर अली अबेद अख्सान नइम दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा मारिएको इजायलले दाबी गरेको छ । इजरायल रक्षा बल (आईडीएफ) ले यसबारेमा जानकारी गराएको हो ।  

हिजबुल्लाह अधिकारीलाई बाजोरीह क्षेत्रमा गाडीमा सवार हुँदा निशाना बनाइएको थियो । लेबनानी सैन्य स्रोतहरूले इजरायली हमलामा सात हिजबुल्लाह सदस्य मारिएको बताए, जसमा उत्तरी सिरियामा ६ र दक्षिणी लेबनानमा एक जनाको मृत्यु भएको थियो ।  

लेबनानी सशस्त्र समूह हिजबुल्लाह र इजरायलबीच चलिरहेको द्वन्द्वको परिणामस्वरूप लेबनानी पक्षमा ३९५ जनाको मृत्यु भएको छ, जसमा २५४ हिजबुल्लाह लडाकु र ७३ नागरिक छन् ।  





  • प्रकाशित मिति : चैत १८, २०८० आइतबार १०:२३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया