logo-img

एमालेकाे दाबी : सत्ता गठबन्धन उपनिर्वाचनमा एमाले उम्मेदवारलाई सहयोग गर्न सकारात्मक

सत्तारुढ गठबन्धनको बैठकमा उपनिर्वाचनमा सत्ता पक्षबाट एउटै उम्मेदवारलाई समर्थन गर्ने बारेमा छलफल भएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा सत्ता पक्षबाट एउटै उम्मेदवारलाई सघाउने विषयमा छलफल भएको हो । 

संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले यद्यपि सहमति भने जुटिनसकेको बताए । उनले सत्तारुढ दलहरुको बैठकमा आगामी उपनिर्वाचनको बारेमा सहज बनाउने विषयमा छलफल भएको बताए । उनले नेकपा एमालेबाट प्रस्तुत भएका उम्मेदवारलाई समयसँगै एक ढंगबाट समर्थन गर्ने अवस्था आउने र त्यस विषयमा छलफल सकारात्मक रहेको बताए । 

उनले छलफलमा संवैधानिक आयोगका पदाधिकारी नियुक्ति र नगरिकका दैनिक जनजीवनसँग जोडिएका विषयहरुमा छलफल भएको पनि बताए । 





  • प्रकाशित मिति : चैत १८, २०८० आइतबार १९:४९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया