logo-img

अमेरिकाले इजरायललाई दियो हतियार निर्यातको स्वीकृति

अमेरिकाले इजरायललाई अर्बौँ डलरको बम र लडाकु निर्यात गर्न (डिफेन्स एक्सपोर्ट क्लियरेन्स) स्वीकृति दिएको छ । दक्षिण गाजामा जारी इजरायलको आक्रमणको चौतर्फी आलोचना र संयुक्त राष्ट्र संघले समेत युद्ध विरामको पक्षमा मतदान गरिसकेको अवस्थामा जो बाइडेन प्रशासनले इजरायललाई बम र लडाकु अमेरिकाबाट निर्यात गर्न स्वीकृति दिएको हो । 

यो सहमतिलाई भने गोप्य राखिएको वाशिंगटन पोस्टले जनाएको छ । यसलाई इजरायलको रक्षा रणनीतिको लागि अमेरिकाको अटुट समर्थनको रुपमा व्याख्या पनि गरिएको छ ।

डिफेन्स एक्सपोर्ट क्लियरेन्समा समावेश गरिएका हतियारमा १८०० एमके ८४, बम र ५०० एमके ८२ बम रहेको अमेरिकी रक्षा विभाग, पेन्टागन र विदेश विभागका अधिकारीले पनि यसको पुष्टि गरेका छन् । 

संयुक्त राष्ट्र संघमा यसअघि लगातार भिटो प्रयोग गर्दै आएको अमेरिकाले पछिल्लो मतदानमा भिटोको प्रयोग नगरेपछि इजरायल अमेरिकासँग रिसाएको रूपमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए । तर, अहिले बाइडेन प्रशासनले दिएको हतियार निर्यातको स्वीकृतिलाई सम्बन्ध सुधारको रूपमा हेरिएको छ । 

इजरायल प्यालेस्टाइन युद्ध अक्टोरबाट सुरु भएको थियो । यसबीचमा झण्डै ३३ हजार नागरिकको मृत्यु भइसकेको छ भने लाखौं मानिस युद्धको चपेटामा परेका छन् ।





  • प्रकाशित मिति : चैत १९, २०८० साेमबार १०:४४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया