logo-img

कांग्रेस सांसद यादवको माग : मन्त्रीद्वय लामिछाने र अर्यालले पदबाट राजीनामा दिनुपर्छ

नेपाली कांग्रेसकी सांसद नागिना यादवले सहकारी प्रकरणमा नाम जोडिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएकी छन् ।   

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेसले आगामी दिनमा नैतिकताको पाठ पढाउने र नैतिकवान हुन जिम्मेवार हुन आग्रह गर्ने बताइन् । उनले प्रश्न उठेकाहरूले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताइन् ।  

सांसद यादवले कांग्रेस राजीनामाको मागबाट पछि नहटेको पनि बताइन् ।

‘कांग्रेसले मन्त्रीहरूलाई नैतिकता देखाउन आग्रह गरेको छ । नैतिकताको पाठ पढाउँदै आफू नैतिकवान हुनुस् र जुन प्रश्न उठेको छ, त्योअनुसार यहाँहरूले राजीनामा दिनुपर्छ भन्नेतिर नै कांग्रेस जान्छ । हामी सबै सूचकांकबाट नेगेटिभतिर गइरहेका छौँ । त्यस्ता कुरालाई मध्यनजर गरेर हामी सदनलाई रोकेर देशका कुनै काम अघि बढ्न नदिने भनेको राम्रो होइन, त्यसैले सदन चलाउँदै नराम्रा कामको विरोधमा छौँ,’ सांसद यादवले भनिन् । 

उनले जनताको मर्म र देशको परिस्थितिलाई मध्यनजर गरेर काम कारबाहीलाई अघि बढाउन आवश्यक रहेको पनि बताइन् । 
 





  • प्रकाशित मिति : चैत २०, २०८० मंगलबार १४:५१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया