logo-img

विद्यालयलाई काठमाडौं महानगरको निर्देशन- सात दिनभित्र नेपालीपन झल्किने नाम राख्नू
फाइल तस्बिर

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका सबै विद्यालयलाई नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । सात दिनभित्र त्यस्तो नाम राखेको विवरण उपलब्ध नगराए विद्यार्थी भर्ना प्रक्रिया नै रोकिदिने महानगरपालिकाले चेतावनी दिएको छ ।  

बुधबार एक सूचना जारी गर्दै महानगरपालिकाले मातहतका संस्थागत विद्यालयलाई नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्न समय सीमा तोकेको हो ।

महानगरले शिक्षा नियमावली, २०५९ को नियम १५४ तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै मौलिक नामकरणको प्रक्रिया अगाडि नबढाए विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने चेतावनी दिएको हो । 

साथै विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्र महानगरमा निवेदन दिन पनि महानगरले निर्देशन दिएको छ ।
 





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार ११:१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया