logo-img

एसइईमा वञ्चित भएकाले परीक्षा दिने पाउने, निवेदन दिन शिक्षामन्त्रीको अनुरोध
फाइल तस्बिर

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसइई) बाट वञ्चित भएका कुनै पनि विद्यार्थीलाई तत्काल परीक्षा दिन पाउने व्यवस्था गर्ने बताएकी छन् ।

फि तिर्न नसकेर पनि कतिपय विद्यार्थीले सो परीक्षा दिन छुटेको चर्चा भइरहेका बेला उनले परीक्षा दिन नपाएका कुनै पनि विद्यार्थीलाई परीक्षामा तत्काल सहभागी गराउने भन्दै सूचना दिनसमेत आह्वान गरिन् ।  

बुधबार प्रतिनिधि सभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री श्रेष्ठले कुनै पनि विद्यार्थीले कक्षा कोठामा ७५ प्रतिशत सहभागी नभए परीक्षा दिन नपाउने कानुनी व्यवस्था भए पनि सरकारले उनीहरूलाई पनि सो परीक्षामा तत्काल सहभागी गराउन सक्ने स्पष्ट पारिन् ।  

‘एसइई परीक्षामा कतिपय विद्यार्थी फि तिर्न नसकेर परीक्षा दिनबाट वञ्चित हुने समाचारको कुरा आएको थियो । यो गम्भीर छ, यसमा एक्च्युअल कानुन कस्तो छभन्दा कुनै पनि विद्यार्थीले ७५ प्रतिशत पनि कक्षामा उपस्थित भएन भने चाहिँ उहाँहरूले जाँच दिन पाउनुहुन्न । त्यो कानुन छ । तर, को विद्यार्थीले यो नपाएको हो ? त्यसको हामीलाई सूचना आयो भने यसमा तुरुन्तै हामी काम गरिहाल्छौँ,’ मन्त्री श्रेष्ठले भनिन्, ‘म यो निवेदन गर्न चाहन्छु । त्रिविको जति पनि सिष्टमहरू छ । त्यसलाई डिजिटाइज गर्नका लागि टेन्डर प्रक्रिया अघि बढी सकेको छ । त्यसमा काम भइसकेको छ ।’ 





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार १४:१७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया