logo-img

सांसद तिमल्सिनाको गुनासो- राष्ट्रिय सभा सदस्यहरू सबै किसिमले छायामा परे

राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) की सांसद गोमादेवी तिमल्सिनाले राष्ट्रिय सभा सदस्यहरू सबै किसिमले छायामा परेको बताएकी छन् । बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । 

उनले नीति, निर्माणको विषयमा छलफल गरी नीति निर्माण गर्नेहरूको काम छायामा पर्ने गरेको उल्लेख गरिन् । उनले राष्ट्रिय सभा सदस्यहरूले आफ्ना क्षेत्रमा रहेका समस्याहरूको समाधान गर्न बजेटको माग गरे पनि त्यसको सुनुवाइ नहुने बगरेको बताइन् । कसले कति बजेट ल्यायो र कति विकास गर्‍यो भन्नेबारेमा मात्रै चासो हुने गरेकाले राष्ट्रिय सभा सदस्यहरू सबै किसिमबाट छायामा परेको जिकिर गरिन् । 

उनले भनिन्, ‘हामी राष्ट्रिय सभाका मान्यहरू सबै छायामा परेका छौँ । हामी नीति, निर्माणको विषयमा छलफल गर्छौँ, बाहिर मैदानमा यसको बारो छलफल गरेका विषय देखिँदो रहेनछ । मैदानमा देखिने कसले बाटोमा कति करोड पैसा ल्याउन सक्यो, कसले कुलो बनायो भन्नेकुराहरूले मात्रै माननीयहरूले काम गरेको जस्तो देखिँदो रहेछ, अझ त्यसमा पनि व्यक्ति विशेषको कुरा आउँदो रहेछ । हामी नीति निर्माणमा विभिन्न विषयमा छलफल गर्छौँ तर हाम्रा कुराहरू मैदानमा त्यति धेरै सुनिँदैन । आफ्ना क्षेत्रमा कहाँ के छ भन्ने कुरा देखेका छौँ । राष्ट्रिय सभाका माननीयहरू आफ्नो लेटर प्याडमा लेखिएका, आफ्ना क्षेत्रमा भएका स्थलगत अवस्थालाई हेरेर केही रकम माग गर्दा पनि हाम्रो कुनै सुनुवाइ छैन । हामी छायामा परेका छौँ, हरेक कुराले ।’

उनले राष्ट्रिय सभा सदस्य प्रतिनिधिहरूको पनि प्रतिनिधि भएको बताइन् ।  





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार १७:१८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया