logo-img

पुराना राष्ट्रिय गौरवका आयोजना सम्पन्न नगरी नयाँ आयोजना नथप्न संसदीय समितिको निर्देशन

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पुराना राष्ट्रिय गौरवका आयोजना सम्पन्न नगरी नयाँ आयोजनाहरु थप नगर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको सार्वजनिक लेखा समिति बैठकले यस्तो निर्देशन दिएको हो । 

समिति बैठकमा बोल्दै समिति सभापति ऋषिकेश पोखरेलले सरकारले घोषणा गरेका राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्ने दायित्व सरकारको भएको भन्दै पुराना आयोजनाहरु सम्पन्न नगरी नयाँ–नयाँ थप्ने काम नगर्न निर्देशन दिए । 

वि.स.२०८३ र ०८४ सम्म कम्तिमा बाटो र पुल निर्माण हुनेगरी हुलाकी राजमार्गसँग संवद्ध प्रस्तावित सडक मार्गको यकिन गरी विवरण उपलब्ध गराउन र हुलाकी राजमार्ग सम्पन्न गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिए । उनले राष्ट्रिय निकुञ्ज क्षेत्रको रेखांकनमा अफ्ठ्यारो रहेको भन्दै  त्यसलाई सहजीकरण गर्न सरकारलाई निर्देशन दिने बताए । 

आगामी आर्थिक वर्षमा रेखांकन गर्ने परिस्थिति नबने काम अगाडि बढ्न सक्ने अवस्था नभएको बताए । सभापति आयोजना प्रमुखलाई निश्चित अवधिसम्म वा कार्यसम्पादन नभएसम्म जवाफदेही बनाउन र निरन्तरता दिन सरकारलाई निर्देशन दिए । उनले हुलाकी राजर्माग र भौतिक मन्त्रालयसँग समेत जोडर अर्थ मन्त्रालयले उठाएका जे प्रश्नबीचको विभेदका विषयमा अर्थमन्त्रालयसँग जवाफ समितिलाई दिन आग्रह गरे । 

उनले अहिलेसम्म हुलाकी राजमार्गको आयोजनाको १८ जना आयोजना प्रमुख हुँदा राजमार्गको भएको प्रगति विवरण समितिलाई उपलब्ध गराउन निर्देशन दिए । उनले हुलाकी राजमार्ग भित्रका अलपत्र ठेक्काहरु चालू आर्थिक वर्षमा सक्ने गरी आधार तयार गर्न निर्देशन दिए । उनले समितिले वैशाखको पहिलो हप्ता दुई प्रदेशमा हुलाकी राजर्मागको निरीक्षण गर्ने बताए । 





  • प्रकाशित मिति : चैत २२, २०८० बिहीबार २२:३७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया