logo-img

आयरल्याण्ड वुल्भ्सविरूद्ध आज दोस्रो एकदिवसीय खेल्दै नेपाल

नेपालको ‘ए’ टिमले आयरल्याण्ड वुल्भ्ससँग आज दोस्रो एकदिवसीय क्रिकेट खेल्दै छ । पहिलो खेलमा पराजय बेहोरेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । 

खेल काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजेदेखि खेल सुरू हुनेछ।

पहिलो एकदिवसीय खेलमा नेपाललाई  आयरल्यान्डले २१ रनले पराजित भएको थियो ।  

बुधबार खराब प्रदर्शन गरेको नेपाल एलाई आजको खेल जितेर शृंखला बराबरी गर्नुपर्ने दबाब छ । शृंखलाको अन्तिम खेल भने आइतबार हुनेछ ।

नेपाल ‘ए’ सँगको खेलअघि आयरल्याण्ड उल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । दुवै खेलमा उल्भ्सल पराजित भएको थियो । 

तर, नेपाल ‘ए’सँग तीन टी–२० सिरिज हुँदा आयरल्यान्डले २–१ ले जितेको थियो ।




 



  • प्रकाशित मिति : चैत २३, २०८० शुक्रबार ७:१२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया