logo-img

मधेसका जनताकै कारण देशमा संघीयता आएको हो : मुख्यमन्त्री यादव
फाइल तस्बिर

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले देशमा संघीयता मधेस प्रदेशका जनताकै कारण आएको बताएका छन् । उनले प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वयले मात्र संघीयता सबल हुने बताए । 

उनले शुक्रवार जनकपुरधाममा सम्पन्न प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वय र सहकार्यको वर्तमान अवस्था र भावी रणनीति विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री यादवले नेपालको संविधानले तीन तहको सरकारको परिकल्पना गरे पनि प्रदेश र स्थानीय तह बीचको समन्वयलाई व्याख्या नगरी संघीयतालाई नै कमजोर गर्ने काम गरेको बताए । 

उनले संघीयता भएपनि संघ सरकारले अधिकार हस्तान्तरण नगरेको बताए । मुख्यमन्त्री यादवले संघीयता सबैलाई चाहिने भएपनि कार्यान्वयन गर्न नसकेको जिकिर गरे ।

संघीयता मधेसलाई नै चाहिएको उल्लेख गर्दै उनले स्थानीय तह र प्रदेश सरकारलाई एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

स्थानीय तहको परिषद बैठकमा समेत प्रदेशसभा सदस्यलाई प्रतिनिधित्व गराउन आग्रह गर्दै मुख्यमन्त्री यादवले प्रदेशको प्रतिनिधित्व गराइए स्थानीय तहलाई फाइदै हुने बताए । 





  • प्रकाशित मिति : चैत २३, २०८० शुक्रबार १६:९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया