logo-img

रुकुमपश्चिममा ३० हजार ९२४ अस्थायी आवास निर्माण

रुकुमपश्चिमको भूकम्प प्रभावित क्षेत्रमा ३० हजार ९ सय २४ अस्थायी आवास निर्माण भएको छ । ३२ हजार ९ सय ९६ लाभग्राही कायम भएकामा ३ हजार २ सय ३० अस्थायी आवास निर्माणको चरणमा छन् ।

भूकम्प गएको पाँच महिना बितिसक्दा पनि सबै लाभग्राहीले अझै अस्थायी आवास निर्माण गर्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए । उनका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय विपद् व्यवस्थापन कोषमा ८२ करोड ४९ लाख रुपैयाँ रकम पठाइएको भए पनि सबै रकम खर्च हुन सकेको छैन ।

चौरजहारी नगरपालिकामा १५ करोड ६९ लाख ७५ हजार, आठबीसकोट नगरपालिकामा २४ करोड ३३ लाख, मुसीकोट नगरपालिकामा ४ करोड १५ लाख, सानीभेरी गाउँपालिकामा १४ करोड ९६ लाख २५ हजार, त्रिवेणी गाउँपालिकामा ११ करोड ८१ लाख २५ हजार र बाँफिकोट गाउँपालिकामा ६ करोड ६० लाख २५ हजार रुपैयाँ लाभग्राहीको खातामा निकासा भएको सहायक प्रमुख जिल्ला अधिकारी बडुवालले जानकारी दिए । 

चौरजहारी नगरपालिकामा ६ हजार २ सय ८९, आठबीसकोट नगरपालिकामा ९ हजार ३ सय १३, मुसीकोट नगरपालिकामा १ हजार ३ सय ९३, सानीभेरी गाउँपालिकामा ६ हजार २ सय ५१, त्रिवेणी गाउँपालिकामा चार हजार छ सय ९२ र बाँफिकोट गाउँपालिकामा २ हजार ९ सय ८३ अस्थायी आवास निर्माण भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार चौरजहारी नगरपालिकामा छ हजार दुई सय ७९ लाभग्राही कायम भएका छन् । 

त्यस्तै, आठबीसकोट नगरपालिकामा ९ हजार ७ सय ३२, मुसीकोट नगरपालिका १ हजार ६ सय ६०, सानीभेरी गाउँपालिकामा ५ हजार ९ सय ८५, त्रिवेणी गाउँपालिकामा चार हजार सात सय २५ र बाँफिकोट गाउँपालिकामा २ हजार ६ सय ४१ लाभग्राहीको खातामा रकम निकासा भएको छ । 

यसैबीच जिल्ला विपद् व्यवस्थापन कोषमा ४० करोड रुपैयाँ रकम आएको छ । पहिलो किस्ता पाएका र अस्थायी आवास निर्माण गरिसकेकाको अनुगमन, पहिलो किस्ता पाउँदा गरिएको सम्झौतालगायतका आधारमा स्थानीय तहबाट माग भइआएमा दोस्रो किस्ताको रकम पनि वितरण हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस 





  • प्रकाशित मिति : चैत २३, २०८० शुक्रबार २०:५२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया