logo-img

मेगा बिजनेस ग्रुपले सिएचटिसी मोटर्सका उत्कृष्ट चिनियाँ भ्यान नेपालमा भित्र्याउँदै

चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सिएचटिसी मोटर्स)को नेपालका लागि आधिकारिक बिक्रेताको रूपमा मेगा बिजनेस ग्रुप नियुक्त भएको छ । यी दुई कम्पनीले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यस अनुसार अब मेगा बिजनेस ग्रुपले सिएचटिसी मोटर्सद्वारा निर्मित ११, १४ र अन्य सिट क्षमताका विद्युतीय भ्यानहरू नेपाली बजारमा बिक्री–वितरण गर्नेछ । 

‘व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न सकिने यी भ्यान वातारणमैत्री एवं प्राविधिक दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले जानकारी गराएको छ । अप्रिल महिनाको अन्त्यतिर यी उत्पादनहरु नेपाली बजारमा उपलब्ध हुनेछन् ।  

६ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी, ४१.८६ किलोवाट क्षमताको ब्याट्री, २८५ किलोमिटर रेञ्ज (एकपटकको फुलचार्जमा), लिथिएमआएन ब्याट्री प्याक, २०५ एमएम ग्राउण्ड  क्लिएरेन्स, सुविधाजनक कम्पनीजडित लेदर सिट र लेग स्पेस आदि यी गाडीका विशेषता रहेका छन् । यिनीहरूमा ३६० डिग्रीको दृश्य देखिने क्यामरा पनि जडित छ । जुन नेपालमा हाल उपलब्ध अन्य कुनै पनि भ्यानमा पाइँदैन । त्यस्तै, विशेषतः ११ सिटक्षमताको भ्यानमा बुट स्पेससमेत उपलब्ध छ । 

चीन सरकारद्वारा सञ्चालित सिएचटिसी मोटर्स विश्वको ५०० सर्वोत्कृष्ट  कम्पनीमध्येको सिनोमाच ग्रुपको एक इकाइ हो  । समुच्च प्रविधिमा आधारित  सिएचटिसी मोटर्स चीनको अटोमोबाइल बजारमा अग्रणी नाम हो ।
 





  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार २०:२४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया