logo-img

सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन- संगठनको मर्यादालाई कायम राखेर काम गर्नू
फाइल तस्बिर

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले संगठनको मर्यादा कायम राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । उनले बुधबार मधेशस्तरीय सुरक्षा गोष्ठीपछि त्यहाँ रहेका सुरक्षा चुनौती र समस्याको पहिचान भएको भन्दै अब उपलब्ध साधनस्रोत र जनशक्तिका आधारमा समाधानको पहल गर्न निर्देशन दिए । 

सीमा क्षेत्रमा खटिएकाहरूको स्रोत र साधनको समस्यालाई सरकारले समाधान गर्ने उनले बताए । गृहमन्त्री लामिछानेले सीमा क्षेत्रमा अनुगमन गर्ने  र निगरानीमा राख्ने लगायतका काम गरी तस्करी नियन्त्रण गर्नुपर्नेमा जोड दिए । 

गोष्ठीमा मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले समग्र प्रदेशको शान्ति सुरक्षा सुदृढ पार्ने प्रदेश सरकार सजग र प्रतिबद्ध रहेको बताएका थिए । 

गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले अपराध नियन्त्रण तथा अनुसन्धानको क्षेत्रमा गुणात्मक परिणाम दिने हिसाबले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 
 
 





  • प्रकाशित मिति : चैत २९, २०८० बिहीबार ८:१६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया