logo-img

भक्तपुरमा बिस्केटको रौनक (फोटोफिचर)

नयाँ वर्षको पहिलो दिन शनिबार मुलुकको संघीय  राजधानी काठमाडौंसहित आसपासका क्षेत्रहरुमा उत्सवमय वातावरण देखिएको छ ।

शनिबार र सार्वजनिक बिदासमेत परेकाले आज सर्वसाधारण धार्मिक मेलाहरु हेर्ने, विभिन्न पर्यटकीय क्षेत्रहरुमा घुमफिर गर्ने तथा मिठा मिठा खानाका परिकारहरु खाएर रमाइलो गरिरहेका छन् ।
 
भक्तपुरमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा हेर्नेको घुइँचो लागेको छ । टौमढीस्थित पाँचतले मन्दिरमा जात्रा हेर्न घुइँचो लागेको हो । 

जात्राका सन्दर्भमा चैत मसान्तका दिन इन्द्रध्वजासहितको लिंगो उठाउने र वैशाख १ गते (आज) साँझ त्यसलाई ढाल्ने गरिन्छ । आजै साँझ भक्तपुरको भेलुखेलमा भव्य मेला पनि लाग्ने गरिन्छ । 

भैरवनाथको प्रतीक मानिने लिंगोको शीर्ष भाग र हात नीलो कपडाले बेरिएको हुन्छ । लिंगोको कोखामा झुन्ड्याइएका दुई ध्वजाहरुलाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । 

एकजोडी ध्वजा फुकाएपछि एउटा संवत् फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता छ । 

 





 

 

 

  • प्रकाशित मिति : वैशाख १, २०८१ शनिबार १८:५८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया