logo-img

धादिङको खाल्टेमा ट्रक दुर्घटना : एकको मृत्यु, आठ घाइते

धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेको दाउने खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने एकै घरका पाँचसहित आठजना घाइते भएका छन् ।

पतेनीबाट मल लिएर बारीमा जाँदै गरेको बा३ख ८९४७ नम्बरको ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते हुनेमध्ये पाँचजना बालबालिका छन् ।

नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयले घटनास्थलबाट घाइतेको उद्धार गरी अस्पतालतर्फ पठाएका छन् । 

घाइते तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार ओरालो बाटोमा ब्रेक फेल भएर दुर्घटनामा परेको हो ।





  • प्रकाशित मिति : वैशाख २, २०८१ आइतबार १३:३२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया