logo-img

अब राजतन्त्र फर्किंदैन, यही व्यवस्थालाई सुदृढीकरण गरौँ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको बताएका छन् । उनले राजा फर्काउने कुरा गर्नेभन्दा हालको व्यवस्थालाई सुदृढ पार्नुपर्नेमा जोड दिए । 

आइतबार काठमाडौंमा स्वर्गीय सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले अहिलेकै व्यवस्थालाई सुदृढीकरण गर्नुपर्ने बताए । 

‘नेपालमा गणतन्त्र आएको छ । यद्यपि राजा फर्काउनुपर्यो भनेर मान्छेहरु लागेका  छन् । अहिलेकै व्यवस्था सर्वस्वीकार्य छ । व्यवस्थामा समस्याहरु र कमी कमजोरीहरु छन् भने पनि सुधार गर्ने ठाउँहरु छन् । यही व्यवस्थालाई अझ समय अनुकुल स्वीकार्य बनाएर लैजाऔँ । तर, अब राजा फर्काउने कुरा असम्भव कुरा देख्छु मैले । किनकि यसका लागि दुईतिहाई चाहिन्छ,’ देउवाले भने । 

उनले विगतमा बन्दुक उठाएकाहरुले पनि अहिले बहुदलीय व्यवस्थालाई मानेर सरकारको नेतृत्व गरिरहेको र त्यो राम्रो भएको भन्दै थपे, ‘अहिलेको सरकारमा को छ र छैन भन्दा पनि महत्वपूर्ण कुरा बहुदलीय व्यवस्थालाई सुदृढीकरण गनुपर्ने आवश्यकता छ ।’ 

कार्यक्रममा सभापति देउवाले स्व.थापासँग आफ्नो भेट जेलमा भएको स्मरण गर्दै बहुदलीय व्यवस्था ल्याउनका लागि स्व.थापाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । 
 





  • प्रकाशित मिति : वैशाख २, २०८१ आइतबार १४:२०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया