logo-img

नेपालले चीन र भारतको आर्थिक विकास र स्थिरताबाट पाठ सिक्नुपर्छ : प्रकाशचन्द्र लोहनी

पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सबैलाई समेट्ने र सबैलाई मिलाएर लैजाने नेतृत्व आवश्यक रहेको बताएका छन् । 

आइतबार काठमाडौंमा आयोजित स्वर्गीय सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसको कार्यक्रममा लोहनीले स्व.थापा उदार, कसैप्रति पनि पूर्वाग्रह नराख्ने, आफ्नो आलोचना गर्नेसँग पनि नजिक भएर मिलेर काम गर्न सक्ने खुबी भएको स्मरण गर्दै अहिले देशमा सबैलाई समेटेर लैजाने परिस्थितिको आवश्यकता रहेको औंल्याए ।

उनले उदयमान अर्थतन्त्रका दुई देश चीन र भारतबाट आर्थिक विकास र राजनीतिक स्थिरतालाई सिकेर नेपालले काम गर्न आवश्यक रहेको बताए । 

‘मलाई लाग्छ अहिले देशमा पूर्वाग्रह नराख्ने, सबैलाई समेटेर लिने, सबैलाई मिलेर लैजाने एउटा परिस्थिति र संस्कृतिको आवश्यक छ । एकातिर चीन छ, एकातिर भारत छ । दुईवटा देशमा तीन कुराको समानता छ। एउटा समानता भनेको दुईवटै देशमा पोलिटिकल स्टाबलिटी छ,’ लोहनीले भने, ‘भारतमा १० वर्ष भयो, एउटा पार्टीले मेजोरिटी लिएर शासन गरेको । मान्छेमा आशा जगाउन सकेको छ। चाइना आफैं पनि विश्व शक्ति भयौँ भनेर आएको छ र त्यहाँ राजनीतिक स्थिरता छ । यी दुवै देशमा आर्थिक विकास तीव्ररूपमा भएको छ । र तेस्रो भनेको दुवै देशमा राष्ट्रियता असाध्यै बलियो रूपमा आएको छ ।’

उनले नेपालको राजनीतिक रुपमा अस्थिर, आर्थिक रुपमा कमजोर र आफ्नो राष्ट्रिय हितको पक्षमा खुट्टा कमाउने स्थितिमा पुगिरहेको बताए । लोहनीले एकले अर्कालाई आलोचना गर्नेभन्दा कसैले कसैलाई निषेध नगरी देशमा राजनीतिक स्थिरता र आर्थिक विकासको नयाँ राजमार्गको परिकल्पनामा सबैको सहमति हुनुपर्ने आवश्यकता औंल्याए ।  





  • प्रकाशित मिति : वैशाख २, २०८१ आइतबार १५:२२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया