logo-img

एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक शनिबार गोदावरीमा

एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठक आगामी शनिबार र आइतबार ललितपुरको गोदावरीमा हुने भएको छ । 

एमालेको आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले उक्त बैठकको एजेण्डाबारे छलफल गरेको गरेको पार्टी महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्मा ६ वटा प्रतिवेदन पेस गर्ने तयारी छ ।  

उनले भने, ‘हामी राष्ट्रिय महाधिवेशन प्रतिनिधिको पहिलो बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही वैशाख ८ गते बिहान ११ बजे सुरु हुनेछ । त्यो बैठकमा महाधिवेशनका प्रतिनधिहरु २१ सय ५३ जना सहभागी हुनुहुनेछ । त्यस्तै पार्टीका विभिन्न आयोगका प्रतिनिधि पनि सहभागी हुनेछन् ।’

उक्त बैठकमा विभिन्न ६ प्रतिवेदन प्रस्तुत हु्ने उल्लेख गर्दै महासचिव ज्ञवालीले राजनीतिक, संगठनात्मक र केन्द्रीय निकाय (लेखा, अनुशासन, निर्वाचन) आयोगको अलग अलग प्रतिवेदन प्रस्तुत हुने बताए । 

सञ्चारकर्मीसँग कुरा गर्दै अर्को प्रसंगमा ज्ञवालीले कांग्रेसले उपप्रधान एवं गृहमन्त्रीको राजीनामा माग्नु हाँस्यास्पद रहेको टिप्पणी गरे । उनले भने, ‘कांग्रेसका साथीहरूले बेलाबेला हँसाउनु हुन्छ । आफूले प्रधानमन्त्री अफर गरिरहँदा त्यो व्यक्ति योग्य हुने । तर, आफूले भनेजस्तो नभन्दा एकोहोरो खेदिरहने ? स्पष्टीकरण त दिन पाउनुपर्छ नि अर्घेल्याइँ किन गरेको ?

कोशी प्रदेश सरकारको सन्दर्भमा ज्ञवालीले मुख्यमन्त्रीले बहुमत गुमाइसकेकाले नयाँ सरकार बनाउने बाटो खोलिदिनुपर्ने तर्क गरे ।





  • प्रकाशित मिति : वैशाख २, २०८१ आइतबार २१:६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया