logo-img

निर्वाचनमा महिलामाथि ‘राजनीति हिंसा’ भयो तर उजुरी किन परेन ?
दिनेशकुमार थपलिया, प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७९ को निर्वाचनमा महिलामाथि राजनीति हिंसा भएको बताएका छन् । 

सोमबार अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा निर्वाचन आयोग र ‘युएन वुमन’द्वारा आयोजित ‘निर्वाचन र महिला : नेपालका प्रयास, उपलब्धि र आगामी कार्यदिशा’ विषयक अन्तरक्रियाको उद्घाटन सत्रमा उनले, २०७९ को निर्वाचनमा महिलामाथि राजनीति हिंसा भएको तर सिङ्गो देश सो विषयमा मौन रहेको बताए । उनले उक्त विषयमा उजुरी र गुनासो नआएको भन्दै सहन सक्ने क्षमता बढाउन थालेको हो ? भन्दै प्रश्न गरे ।

उनले भने,‘२०७९ को स्थानीय तहको निर्वाचन र सम्पूर्ण निर्वाचन सम्पन्न गर्दा धेरै ठाउँमा धेरै तरिकाबाट महिला हिंसा अर्थात् राजनीति हिंसा भयो भन्ने अनुभूत गर्‍यौँ । थोरै कानुनमा पनि व्यवस्था गर्‍यौँ । तर सिङ्गो देश यो विषयमा मौन रह्यो । कहीँ कतै उजुरी र गुनासो पनि आएन । के हामी सहन सक्ने क्षमता बढाउन थालेका हौँ? वा महिला हिंसालाई बुझेनौँ ?’ 

उनले संविधान र कानुनले स्पष्ट रूपमा तोकेको पद बाहेक अन्य पदमा महिला उम्मेदवारी दिन र प्रतिनिधित्व गर्न उत्सुक नरहेकाप्रति चिन्ता व्यक्त गरे । राजनीतिक दलहरूबाट नै क्षमता र योगदानको अवमूल्यन हुने अधिकार र अवसरबाट वञ्चित गरिने काम भएको उनको भनाई छ । 

उनले भने,‘संविधान र कानुनले स्पष्ट रूपमा तोकेको पददेखि बाहेक अन्य पदमा उम्मेदवारी दिन र प्रतिनिधित्व गर्न उत्सुक देखिएन । बाध्यकारीमा त उपाय नै भएन । यो उत्साह हामीमा किन आएन । हामीले सुनेका छौँ ।  राजनीतिक दलहरूबाट नै क्षमता र योगदानको अवमूल्यन हुने गर्छ । अधिकार र अवसरबाट वञ्चित गरिने किसिमको काम भइरहेको छन् । समग्रतामा निर्वाचनमा उत्साहजनक रूपमा महिलाको सहभागिता हुने वातावरण बनिसकेको छैन । यसमा कतिपय कानुनी अवरोधका पक्ष होलान्, कतिपय स्रोत साधनका सीमा छन् ।’





  • प्रकाशित मिति : वैशाख ३, २०८१ साेमबार १२:३०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया