logo-img

कांग्रेस गोरखाका पूर्वउपसभापति न्यौपानेको निधन, कांग्रेसद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसले पार्टी गोरखाका पूर्वउपसभापति एवं जिल्ला विकास समितिका पूर्वसभापति चन्द्रप्रसाद न्यौपानेको निधनमा दुःख व्यक्त गरेको छ । 

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी ८१ वर्षीय न्यौपानको निधनप्रति दुःख व्यक्त गरेका हुन् । 

स्वर्गीय न्यौपाने विस २०४९ मा जिल्ला विकास समितिको गोरखाको सभापति भएका थिए । २०६४ सालको संविधानसभाको निर्वाचनमा गोरखा जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाट नेपाली कांग्रेसको उम्मेदवार बनेका न्यौपाने पटक–पटक नेपाली कांग्रेसको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि बनेका थिए । 

विस १९९९ वैशाख १३ गते गोरखाको सिरानचोक गाउँपालिका–४ मा जन्मिएका न्यौपानेले प्रजातन्त्र स्थापना र पुनर्स्पनाका क्रममा पटक–पटक हिरासत र जेलजीवन बिताएका थिए । 

विसं २०१७ मा प्रजातन्त्रको अपदस्थ गरिएदेखि नेपाली कांग्रेसद्वारा सञ्चालित हरेक आन्दोलन र संघर्षहरुमा निरन्तर सक्रिय रहँदै आएका न्यौपानेको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

न्यौपानेको निधनमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । देउवाले स्व. न्यौपानेले पार्टीका विभिन्न पदमा रहेर पार्टी संगठन र लोकतन्त्रको पक्षमा निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताए । 



सभापति देउवाले स्व न्यौपानेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । 



  • प्रकाशित मिति : वैशाख ३, २०८१ साेमबार २१:३६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया