logo-img

एर्भटनको पोस्टमा चेल्सीको आधा दर्जन गोल

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनविरुद्ध ६-० को सानदार जित दर्ता गरेको छ । सोमबार राति भएको खेलमा चेल्सीले एर्भटनको पोस्टमा आधा दर्जन गोल गरेको हो ।

चेल्सीलाई जिताउन कोल पालमरले ह्याट्रिकसहिच चार गोल गर्दा निकोलस ज्याकसन र एलिफ गिलक्रिस्टले समान एक–एक गोल थपे । १३ औं मिनेटमा पालमसले ज्याकसनको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।​

पालमरले १८ औं र २९ औं मिनेटमा शानदार गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । ज्याकसनले मार्क सेस्टाको पासमा गोल गरेपछि चेल्सीले पहिलो हाफमा ४–० को अग्रता बनायो ।

६४ औं मिनेटमा पेनाल्टीमार्फत पालमरले व्यक्तिगत चौथो गोल गर्दा चेल्सी भने ५–० ले अघि बढेको थियो । ९० औं मिनेटमा गिलक्रिस्टले गोल गर्दै चेल्सीलाई ६–० को जित दिलाए ।

चेल्सीको जारी सिजनमा यो फराकिलो जित रहेको छ । जितपछि चेल्सी ३१ खेलबाट ४७ अंकका साथ तालिकाको नवौँ स्थानमा उक्लिएको छ भने एभर्टन ३२ खेलबाट २७ अंकका साथ १६ औं स्थानमा छ । 





  • प्रकाशित मिति : वैशाख ४, २०८१ मंगलबार ९:०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया