logo-img

इलाम पुगेर रविले भने : बरु चुनाव हारौँला, एकल पहिचानको राजनीति गर्दैनौँ

रास्वपाका सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफू नेतृत्वको दल बहुपहिचानको पक्षमा रहेको स्पष्ट पारेका छन्। बुधबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपा खास जाति, वर्ग र समुदायको पहिचानको पक्षमा नरहेको स्पष्ट पारेका हुन् ।

रास्वपाले जाति, धर्म र समुदायको नाममा राजनीति नगर्ने भन्दै उनले भने, ‘बरु चुनाव हारौँला, तर गलत प्रवृत्तिलाई प्रोत्साहित गर्ने राजनीति गर्दैनौँ।'

पहिचानको मुद्दालाई सबैभन्दा बढी रास्वपाले व्यवहारमा उतारेको दाबी गर्दै उनले भने, 'बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा एकल पहिचानले हित गर्दैन ।’

उपप्रधान एवं गृहमन्त्री लामिछानेले मौन अवधिमा आर्थिक चलखेल नगर्न दल र उम्मेदवारलाई चेतावनी पनि दिए । आचार संहिता अक्षरशः पालना गराउन उनले सुरक्षा निकायलाई निर्देशन पनि दिए । 

आज मध्यरातिबाट मौन अवधि सुरु हुने भन्दै उनले इलाम र बझाङमा मौन अवधिलाई मनि अवधिको रुपमा प्रयोग नगर्न चेतावनी दिए । आचार संहिता उल्लंघन गर्नेलाई कानुनको दायरामा ल्याएरै छोड्ने उनले बताए । 





  • प्रकाशित मिति : वैशाख १२, २०८१ बुधबार १७:३४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया