logo-img

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । निलम्बन फुकुवा गर्न माग गरी रिट दायर गरेका गुरुङको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको थियो ।

सर्वोच्चको आदेशअनुसार संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार सूचना जारी गर्दै निलम्बन फुकुवा गरेको सूचना जारी गरेका हुन् ।

कांग्रेसका सांसद गुरुङ २०७९ पुस १२ गते निलम्बनमा परेका थिए । निलम्बन गरेपछि गुरुङले फागुन २१ गते रिट दायर गरेका थिए ।

गुरुङ तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएका थिए । उनीमाथि काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग थियो ।





  • प्रकाशित मिति : वैशाख १२, २०८१ बुधबार १७:४३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया