logo-img

अन्तर्जातीय प्रेम विवाहका कारण हत्या, हत्यारालाई कारबाही माग गर्दै प्रदर्शन

अजित मिजारको न्यायका लागि विभिन्न दलित संगठनहरुले सरकारको खबरदारी गरेका छन् । 

बुधबार एकीकृत दलित मुक्ति मोर्चा नेपाल, जात व्यवस्था उन्मूलन नेपाल, नेपाल राष्ट्रिय दलित केन्द्र र संयुक्त दलित अधिकार मञ्चले काठमाडौंको माइतीघरमा मिजारको हत्यारामा संलग्नलाई कारबाही र पीडित परिवारलाई न्यायका संयुक्त प्रदर्शन गरेका हुन् । 

खबरदारी कार्यक्रममा जात व्यवस्था उन्मूलन मोर्चा नेपालका सदस्य शान्तिशंखर गजमेरले दलितहरुमाथि धेरै हिंसा भए पनि राज्य निर्मम भएर पीडितहरुमाथि नै शासन चलाइरहेको आरोप लगाएकी छन् । 

उनले भनिन्, ‘यो जात व्यवस्थालाई संरक्षण गर्ने यो राज्यले पीडितहरुको पक्षमा न्याय नदिने गरेको छ । यो अजितको मात्रै होइन, धेरै दलितहरुमाथि हत्या, हिंसा र बलात्कार जस्ता घटनाहरु हुन्छ । तर राज्य निर्मम भएर पीडितहरुमाथि नै शासन चलाउने व्यवस्थनको विरुद्ध हामी छौँ ।’ 

गजमेरले मिजारको न्यायका लागि ८ वर्षदेखि आन्दोलनरत रहेको भन्दै उनको परिवारले न्याय नपाउञ्जेलसम्म सडक आन्दोलन जारी राख्ने बताएकी हुन् । 
यस्तै, अजित मिजारको बाबु हरिभक्त ढकालले मिजार ७३ सालमा भएको घटनामा हालसम्म पनि न्याय नपाउँदा सडकमा आउन बाध्य भएका बताए । 

उनले भने, ‘अजितको आज सर्वोच्चमा तारिक थियो । त्यही कारणले म काठमाडौं आएको थिएँ । तर फेरि जेठ २१ गतेलाई तारिक राखिदिएको छ । 



यस्तै ताल हो भने अदालतले हामीलाई न्याय दिँदैन । न्याय दिने भए ७३ सालदेखि ८१ साल लागिसक्यो, अझैसम्म नपाएको न्यायको लागि सडकमा नै आउनुपर्ने बाध्य भएका छौ ।’
 
अन्तर्जातीय प्रेम विवाह गरेका काभ्रेका मिजारको ८ वर्ष अघि धादिङमा हत्या भएको थियो । 



  • प्रकाशित मिति : वैशाख १२, २०८१ बुधबार १८:२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया