logo-img

चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना

चाउचाउमा एसिड भ्यालु धेरै भेटिएपछि काठमाडौं महानगरपालिकाले चौधरी ग्रुप प्राइभेट लिमिटेडलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । सो कम्पनी नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य विनोद चौधरीको हो । 

चाउचाउ अखाद्य रहेको पुष्टि भएपछि महानगरपालिकाले बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड (घ) बमोजिम दुई लाख रुपैयाँ जरिवाना गरेको हो । 

ब्याज नं. ६० जीएसआरएस २०, २०८० मा उत्पादित चाउचाउमा एसिड भ्यालु धेरै देखिएको भन्दै तुरुन्त बजारबाट उक्त लटको उत्पादन फिर्ता गरी त्यसको प्रमाणसमेत पेस गर्न महानगरपालिकाले निर्देशन दिएको छ । 

महानगरपालिकाले सो चाउचाउको नमुना प्रयोगशालामा परीक्षणका लागि लगेकोमा परीक्षण प्रतिवेदनले खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बा थिए । खाद्य प्राविधिकहरूले यस्तो हुनुलाई तेलको गुणस्तर नभएको भनेका छन् ।

यस्तो चाउचाउको निरन्तरको सेवनले क्यान्सरलगायत घातक रोग लाग्न सक्ने उनीहरूको भनाइ छ । 





  • प्रकाशित मिति : वैशाख १४, २०८१ शुक्रबार ९:१७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया