logo-img

अवैध सुन र एक करोड ४३ लाख नगदसहित सात जना पक्राउ


उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध सुन र रकमसहित सात जनालाई पक्राउ गरेको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै १ हजार ७ सय ६८.२५ ग्राम सुन र डेढ करोड रुपैयाँसहित पक्राउ परेका सात जनालाई सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेहरूमा तीन भारतीय नागरिक रहेका छन् भने चार जना नेपाली छन् । भारतीय नागरिकहरू अमूल विभूति, ऋषिकेश प्रकाश विभूति र गणेश बाल्टे रहेको डिएसपी सुरक्षा केसीले जनाएकी छिन् । यस्तै, नेपाली नागरिक भने दिनेश खरेल, आयुष बडु, भरतराज खरेल र गणेश दत्त बडु रहेका छन् ।

काठमाडौं वडा नं २४ मा केही व्यक्तिहरूले अवैध सुनको कारोबार गरिरहेको गोप्य सूचना दिएपछि खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा दार्चुला महाकाली नगरपालिका वडा नं ३, ४७ गणेश दत्त बडूसहित सात जना व्यक्तिलाई सुन जस्तो देखिने पहेँलो धातुको टुक्राहरू ९ थान, तौल १ हजार ७ सय ६८.२५ ग्राम र नगद रु १ करोड ४३ लाख ६० हजारसहित फेला पारि पक्राउ गरिएको पनि डिएसपी केसीले जानकारी दिएकी छन् । 





  • प्रकाशित मिति : वैशाख १४, २०८१ शुक्रबार १३:९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया