logo-img

उपनिर्वाचन : इलाम–२ मा ११ बजेपछि मतगणना
गणनास्थलमा ११ सिसी क्यामेरा जडान

इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना आज बिहान ११ बजेपछि हुने भएको छ । केही बेरअघि सम्पन्न सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार बिहान ७ बजेदेखि नै मतगणना गर्ने तयारी थियो तर सर्वदलीय बैठक हुन समय लागेकाले ११ बजेदेखि मात्र गणना गर्ने निर्णय भएको हो ।

इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृहमा मतगणना हुनेछ । गणनास्थलमा ११ वटा सिसी क्यामेरा जडान गरिएका छन् । मतगणना स्थलमा भीड हुन नदिन चोक बजारमा रहेको ‘डिस्प्लेबोर्ड’मा परिणाम सार्वजनिक गरिनेछ । मतपरिणाम एक/एक घण्टाको अन्तरालमा सार्वजनिक गरिने उनले जानकारी दिए । 

उपनिर्वाचनमा ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । शनिबार बिहान ७ साँझ ५ बजेसम्म भएको मतदानमा ६९ हजार २ सय ८७ जनाले मतदान गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३५ हजार एक सय ३५ पुरुष, ३४ हजार १ सय ५० महिला र दुई अन्यले मतदान गरेका छन् । 

४ मंसिर २०७९ मा प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो ।  





  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार १०:५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया