logo-img

मेयर बालेन भन्छन्- ‘गरिब र असहायको निःशुल्क उपचार काठमाडौं महानगरले गर्छ’
फाइल तस्बिर

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेपालका जुनसुकै पालिकाका गरिब तथा असहायको काठमाडौं महानगरले उपचार गर्ने बताएका छन् । 

आइतबार सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, ‘नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला, हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन्, त्यहाँ बिरामीको आवश्यकताअनुसार निःशुल्क उपचार हुनेछ ।’

उनले त्यसबारे टोल छिमेक वा आफन्तलाई समेत जानकारी दिन आग्रह गरेका छन् । प्रमुख बालेनले त्यसबारे विस्तृत जानकारीका लागि महानगरपालिकाको स्वास्थ्य विभागको सम्पर्क नं. ११८० मा सम्पर्क गर्नसमेत अनुरोध गरेका छन् । 

 
 





  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार १०:१२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया