logo-img

अन्तर्राष्ट्रिय समुदायलाई अर्थमन्त्रीको आग्रह- लगानीको लागि नेपाल आकर्षक गन्तव्य हो, लगानी गर्नुहोस्

अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको उल्लेख गर्दै लगानीका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । 

काठमाडौंमा भएको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गरेका मन्त्री पुनले नेपाललाई आकर्षक गन्तव्यको रूपमा चिनाउनु नै सम्मेलनको मुख्य उद्देश्य भएको समेत बताए । 

उनले सम्मेलनमार्फत नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवर्द्धन गर्न नियामक क्षेत्रमा भएका सुधार र कामबारे जानकारी गराउनु, लगानी सम्मेलनका लागि तयार भएका परियोजनाहरूसहित विभिन्न क्षेत्रका आयोजनाहरूको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य रहेकोमा जोड दिए । 

नेपालको निमन्त्रणामा आएका अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई आभार प्रकट गरेका मन्त्री पुनले सम्मेलनका क्रममा लगानीकर्ता र सरोकारवालाबिच धेरै सम्झौता र समझदारीका साथै परियोजना विकास र व्यवस्थापनसम्बन्धी सम्झौता हुने विश्वास लिएको बताए ।  





  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार १०:५५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया