logo-img

बझाङ १ मतगणना : एमाले ६२४ मतले अगाडि

बझाङ प्रदेश १ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ । कांग्रेसभन्दा एमाले ६२४ मतले अगाडि छ ।

छबिसपाथिभेरा गाउँपालिकाको मतगणना सकेर अहिले थलरा गाउँपालिका एउटा वडा र खप्तड छान्ना गाउँपालिकाको पाँचवटा वडाको मतगणना सकिएको छ । 

एमालेका दमनबहादुर भण्डारीले ३ हजार १८५ मतसहित अग्रता बनाइरहेका छन् । त्यस्तै, नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहको २ हजार ५७० मत रहेको छ । 

माओवादीका उम्मेदवार जनकबहादुर बुढाको १ हजार ८३८ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ हजार १९ मत ल्याएका छन् । 





  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार २१:४९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया