logo-img

इलाम–२ मा अग्रता बढाउँदै सुहाङ, डम्बर २६ सयभन्दा बढी मतले पछि
फाइल तस्बिर

इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।  आइतबार दिउँसोबाट प्रारम्भ भएको गणनामा सोमबार बिहानसम्म नेम्वाङले ८ हजार ८९८ मत पाएका छन् । 

यस्तै, नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार २८० मतसहित पछ्याइरहेका छन् । खड्का र नेम्वाङबीचको मतान्तर २ हजार ६ सय ९ छ । त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ४ हजार ६४३, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलनकुमार योङहाङ लिम्बूले १ हजार ३०५ मत पाएका छन् । 

नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईले २४०, मंगोल नेशनल अर्गनाइजेसनका मनिबहादुर लिम्बूले १८४, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले ५४, नेपाली जनता दलका रेशमबहादुर सुनारले ५२, राष्ट्रिय प्रजातन्त्र पार्टीकी लक्ष्मी गुरुङले ४६ र स्वतन्त्र उम्मेदवार दीपेश बोहराले १७ मत प्राप्त गरेका छन् ।  

इलाममा कुल १ लाख १५ हजार ८८९ मतदाता रहेकोमा यो निर्वाचनमा ६९ हजार २८७ मत खसेको छ । अढाई दशकदेखि निरन्तर निर्वाचित हुँदै आएका पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत २७ भदौमा निधन भएपछि इलाम–२ मा उपनिर्वाचन भएको हो । 

इलाम–२ मा १२ दल र सातजना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । गत निर्वाचनमा नेम्वाङले कांग्रेसका खड्कालाई १ सय १४ मतको झिनो अन्तरले हराएका थिए ।





  • प्रकाशित मिति : वैशाख १७, २०८१ साेमबार ८:४४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया