logo-img

बझाङमा अग्रता बढाउँदै कांग्रेसका सिंह, एमालेका भण्डारी २८४ पछाडि
एमालेका भण्डारी र कांग्रेसका सिंह

बझाङ क्षेत्र नम्बर १ (१) को प्रदेशसभा सदस्य उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेसले अग्रता कायमै छ । जारी मत गणनामा अहिलेसम्म कांग्रेसका अभिषेकबहादुर सिंहले ८ हजार ९७७ मत ल्याएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले ८ हजार ६ सय ९३ मत प्राप्त गरेका छन् । उनीहरूबीच २ सय ८४ को मतान्तर रहेको छ । पछिल्लो अपडेटअनुसार भण्डारीसँग सिंहले मतान्तर बढाएका छन् । 

यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ४ सय ६९ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका दीलबहादुर सिंहले २ हजार ३०४ मत प्राप्त गरेका छन् ।  

अहिलेसम्म बझाङको जयपृथ्वी नगरपालिका, खप्तडछान्ना, छबिसपाथिभेरा, थलारा गाउँपालिका–९, सुर्मा गाउँपालिका र मष्टा गाउँपालिका १, २, ३, ४, ५ र ६ को मत गणना भइसकेको छ ।

अब मष्टा ७, तलकोट र साइपाल गाउँपालिकाको मतगणना हुन बाँकी छ । गत शनिबार भएको उपनिर्वाचनमा कुल ६१ हजार ७४८ मतदातामध्ये ३० हजार ३ सय २८ जना मतदानमा सहभागी भएका थिए । 

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा विभिन्न दलका ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।





  • प्रकाशित मिति : वैशाख १७, २०८१ साेमबार ९:१४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया