logo-img

इलाम-२ मा सुहाङले कटाए १० हजार मत, मिलन आफ्नै वडामा पनि कमजोर
फाइल तस्बिर

इलालाम क्षेत्र नम्बर २ उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । जारी मत गणनामा उनले १० हजार मत कटाएका छन् ।

अहिलेसम्म सुहाङले १० हजार ३ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार ९४४ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ । 

यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिह थेगिमले ५ हजार ५९१ र रास्वपाका मिलन लिम्बूले १ हजार ४४३ मत पाएका छन् । माङसेबुङ गाउँपालिक–२ रास्वपाका उम्मेदवार लिम्बूको घर भएको वडा हो । तर, उनले आफ्नै वडाबाट अपेक्षित मत पाउन सकेनन् । यो वडामा लिम्बूले ९६ मत मात्रै पाए ।

यो वडामा एमालेका नेम्वाङले ५८६, कांग्रेसका खड्काले ३५१ र स्वतन्त्र उम्मेदवार थेगिमले ३१७ मत ल्याए । इलाम २ मा अहिलेसम्म सदर मत २४ हजार ७३८ छ ।इलाम–२ मा १२ दल र सातजना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

गत निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई १ सय १४ मतको झिनो अन्तरले हराएका थिए ।  





  • प्रकाशित मिति : वैशाख १७, २०८१ साेमबार १०:१८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया