logo-img

इलाम-२ मा सुहाङले १३ हजार मत कटाए, डम्बर र डकेन्द्रको मतान्तर २८८ मात्र

इलाम क्षेत्र नं. २ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाएका छन् । पछिल्लो मत परिणामअनुसार उनले १३ हजार हजार ६९ मत प्राप्त गरेका छन् । 

नेम्वाङलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ८ हजार ३८६ मत ल्याएका छन् । नेम्वाङ र खड्काबीचको मतान्तर ४ हजार ६ सय ८३ छ । त्यस्तै, तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ८ हजार ९८ मत ल्याएका छन् । उनी र दोस्रो स्थानका खड्काबीचको मतान्तर २८८ मात्र रहेको छ ।  

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलनकुमार योङहाङ लिम्बूले १ हजार ७१३ मत पाएका छन् । नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईले २५९ र मंगोल नेशनल अर्गनाइजेसनका मनिबहादुर लिम्बूले २३० मत ल्याएका छन् । इलाममा कुल १ लाख १५ हजार ८८९ मतदाता रहेकोमा यो निर्वाचनमा ६९ हजार २८७ मत खसेको छ । 

पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत २७ भदौमा निधन भएपछि इलाम–२ मा उपनिर्वाचन भएको हो । इलाम–२ मा १२ दल र सातजना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । गत निर्वाचनमा नेम्वाङले कांग्रेसका खड्कालाई १ सय १४ मतको झिनो अन्तरले हराएका थिए । 





  • प्रकाशित मिति : वैशाख १७, २०८१ साेमबार १३:५३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया