logo-img

हामी प्रधानमन्त्री बन्छौँ भनेर कतिपयलाई पोल्न थाल्या छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीप्रति कटाक्ष गरेका छन् । ओलीले प्रतिनिधिसभा विघटन गर्ने काममा गल्ती भएको भनेर स्वीकार गर्ने आँट अझैसम्म नगरेको भन्दै उनले आलोचना गरे । 

पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी)ले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले ओलीप्रति लक्षित गर्दै उनले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको टिप्पणी गरे । जसले जे भने पनि आफूहरूका लागि अनुकूल वातावरण बनाउने कुरामा ध्यान दिने बताए ।

अध्यक्ष नेपालले भने,‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थाल्या छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या छ । पोल्ने मानिसहरू पनि छन् यो समाजमा । तिनलाई पोले पोलोस् । दन्दनी आगोले पोलिरहोस्, त्यस्ता प्रवृत्ति बोक्नेहरूलाई धिक्कार छ, म भन्न चाहन्छु ।'  

आफूहरूले आजसम्म समाज बदल्नका लागि, रुपान्तरण गर्नका लागि काम गर्दै, भूमिका खेल्दै आएकाे उनकाे दाबी छ । 'हिजो पनि गणतन्त्र ल्याउनका लागि भूमिका खेल्यौँ । शान्ति प्रक्रियालाई अघि बढाउन भूमिका खेल्यौँ । मुलुकमा निरंकुश शासन ढाल्नका लागि पनि महत्वपूर्ण भूमिका खेल्यौँ,' उनले भने, 'जनतालाई न्याय दिलाउनका लागि पनि महत्वपूर्ण भूमिका खेल्यौँ । महिला अधिकारका लागि पनि भूमिका खेल्यौँ ।’

पार्टीबाट सरकारमा सहभागी मन्त्रीले राम्रो काम गरिरहेको पनि अध्यक्ष नेपालकाे दाबी थियाे । एकीकृत समाजवादी प्रधानमन्त्री र मन्त्री बन्न भन्दा पनि देश र जनताको हितमा समर्मित भएर काम गर्न लागि परेको उनले बताए । 





  • प्रकाशित मिति : वैशाख १७, २०८१ साेमबार १५:५२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया