logo-img

इलाम-२ : नेम्वाङ ५ हजार ६ सय ६२ मतान्तरले अगाडि

इलाम-२ मा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । अहिलेसम्म ३५ हजार ६ सय ११ सदर मतगणना भएको छ ।

एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १६ हजार २ सय १९ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले १० हजार ५ सय ५७ मत पाएका छन् । 

पछिल्लो मतपरिणाम अनुसार नेम्वाङ ५ हजार ६ सय ६२ मतान्तरले अगाडि रहेका छन् । त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार ८ सय २५ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा थेगिम र खड्काबीच प्रतिस्पर्धा भइरहेको छ । तर, अहिले खड्काले मतान्तर बढाएका छन् ।

रास्वपाका उम्मेदवार मिलन लिम्बूले भने अहिलेसम्म २ हजार ६ सय ४६ मत प्राप्त गरेका छन् ।





  • प्रकाशित मिति : वैशाख १७, २०८१ साेमबार १७:४०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया