logo-img

इलाम २ उपनिर्वाचन : ४२ मध्ये अब जम्मा १३ वडा गन्न बाँकी, कसको मत कति ?

इलाम–२ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । इलाम– २ का ४२ वडामध्ये अब जम्मा १३ वडा गन्न बाँकी छ। 

इलाम– २ मा जम्मा ६९२८७ मत खसेको थियो। ४४९७२ मत गणना भएको छ।

पछिल्लो मतपरिणाम अनुसार नेम्वाङ ६,४३९ मतान्तरले अगाडि रहेका छन् । अहिलेसम्म एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १९,११४ मत प्राप्त गरेका छन् । 

यसअघि दोस्रो स्थानमा कांग्रेसका उम्मेदवार डम्बर खड्का र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह बीच प्रतिस्पर्धा भइरहेको थियो । अहिले खड्काले मतान्तर बढाइरहेका छन् ।

नेम्वाङका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले १२,६७५ मत पाएका छन् ।  

त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९,४१० मत प्राप्त गरेका छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बूले भने अहिलेसम्म ३,२४२ मत प्राप्त गरेका छन् ।





  • प्रकाशित मिति : वैशाख १७, २०८१ साेमबार २०:१९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया