logo-img

काठमाडौंको चन्द्रागिरिमा बसमा आगलागी, जलेर पूर्ण रुपमा नष्ट

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित सडकमा पार्किङ गरी राखेको बसमा आगलागी हुँदा जलेर नष्ट भएको छ । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार बलम्बुमा बा३ख ६१७३ नंको मिनी बसमा आज आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको हो । 

उक्त बस विगत दुई वर्षदेखि सो ठाउँमा पार्किङ गरिराखेको जानकारीमा आएको र आगो कसले लगायो भनेर नखुलेको उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए । 

प्रहरीले स्थानीय बासिन्दा र चन्द्रागिरि नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसैबीच, काठमाडौं प्रहरीले विभिन्न मिति तथा समयमा हराएका एवं चोरी भएका चार थान स्कुटर फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतमा खोजतलासका लागि अनुरोध गरिएका सवारी साधनहरूको खोजतलास गरी फेला परेका स्कुटर जिल्ला प्रहरी परिसर काठमाडौंले धनीलाई हस्तान्तरण गरेको हो ।





  • प्रकाशित मिति : वैशाख १७, २०८१ साेमबार २२:३८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया