logo-img

इलाम-२ मा ४२ मध्ये नौ वडा गन्न बाँकी, कसले कति पाए मत ?

इलाम–२ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । इलाम– २ का ४२ वडामध्ये अब जम्मा नौ वटा वडा गन्न बाँकी छ। 

इलाम– २ मा जम्मा ६९२८७ मत खसेको थियो। अहिलेसम्म ५२२७३ मत गणना भइसकेको छ।

एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्। पछिल्लो तथ्यांकअनुसार उनले २१३८० मत पाएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १४७५२ मत पाएका छन्। उनीहरूबीचको मतान्तर ६६२८ छ ।

तेस्रो स्थानमा रहेका मूढा चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम)ले १०१४६ र रास्वपाका उम्मेदवार मिलन लिम्बूले ३६०३ मत पाएका छन्। 





  • प्रकाशित मिति : वैशाख १७, २०८१ साेमबार २२:५६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया