logo-img

संसदीय व्यवस्थालाई समाजवादमा परिणत गर्न चुनाव प्रयोग गर्ने विप्लव नेकपाको निर्णय

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले चुनावलाई संसदीय कोणबाट होइन समाजवाद प्राप्तिको अभियानको रुपमा सञ्चालन गर्नुपर्ने बताएका छन् । 

वैशाख ५–९ गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउँदै उनले २१औं शताब्दीको विशेषता, प्रवृत्तिहरू र ज्ञानको प्रयोग गरेर चुनावलाई संघर्षको नयाँ मोर्चाको रुपमा समाजवादमा देशलाई उठाउने हिसाबमा प्रयोग गर्नुपर्ने बताए । 

उनले भने, ‘चुनावलाई अहिले केवल यो २०औं शताब्दीको संसदीय कोणबाट मात्रै हेर्नुहुँदैन । २१औं शताब्दीको विशेषता, अहिलेका विभिन्न खालका प्रवृत्तिहरू नयाँ वर्ग, विकास भएको प्रविधि ज्ञान, विभिन्न चरित्रबाट नापेर हामीले चुनावलाई समाजवाद प्राप्तको एउटा अभियानमा बदल्न सकिन्छ ।

संघर्षको नयाँ मोर्चाको रुपमा समाजवादमा देशलाई उठाउनेगरि लैजानेगरि, चुनावको प्रयोग गर्नुपर्छ । संसदीय चुनावको कुरा होईन् की समाजवादको लागि एउटा समाजवादी अभियान बनाएर त्यसलाई प्रयोग गर्नुपर्छ ।’ 

चुनाव केवल सरकार सदनको कुरा मात्रै नभएको भन्दै यसलाई एउटा समाजवाद निर्माणको लागि अभियानात्मक ढंगले सञ्चालन गर्नुपर्ने पनि उनको भनाइ छ । 

उनले नेपाली विशेषताको समाजवादका लागि चार मित्र शक्ति (कम्युनिष्ट, समाजवादी, देशभक्त र लोकतान्त्रिक गणतन्त्रवादी), चार मित्र वर्ग (किसान, मजदूर, मध्यमवर्ग र राष्ट्रिय पुँजीपतिवर्ग) ६ समुदाय खसआर्य, जनजाति, मधेसी, श्रमिक समुदाय, महिला, मुस्लिम) लाई एकतावद्ध गर्ने साथै सबैलाई मोर्चाबद्ध गर्न जोड लगाउने निर्णय पनि गरेको बताए । 



केन्द्रीय समितिले दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थालाई नेपाली विशेषताको समाजवादमा परिणत गर्न सम्भव सबै तरिका र माध्यमहरुलाई प्रयोग गर्ने निर्णय लिएको छ । त्यसका लागि २०८४ को चुनावलाई समाजवादी मिसनमा बदलेर प्रयोग गर्ने निर्णय पनि गरिएको छ । 



  • प्रकाशित मिति : वैशाख १८, २०८१ मंगलबार १६:६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया