logo-img

मतदाताको शीर झुक्न नदिने सुहाङ नेम्वाङकाे प्रतिबद्धता

इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले मतदाताको शीर झुक्ने कुनै पनि काम नगर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङले मतदाताको मतलाई शीरोपर गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा सांसद नेम्वाङले इलामेली मतदातालाई कुनै प्रकारको संकाेच नुहुने गरी काम गर्ने प्रतिबद्धता जनाए । 

'म मेरो बुबा (सुवासचन्द्र नेम्वाङ)को अपूरो र अधुरो सपना पूरा गर्न राजनीतिमा आएको हुँ, इलामे जनतालाई कुनै संकाेच नहुने गरी काम गर्नेछु,' उनले भने, 'मलाई निर्वाचित गराउनुभएकामा सम्पूर्ण मतदातामा धन्यवाद ज्ञापन गर्दछु ।'

कार्यक्रममा सांसद नेम्वाङलाई मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा सांसद महेश बस्नेत, कोशी प्रदेशसभा सदस्य रामबहादुर मगर राना, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो । 





  • प्रकाशित मिति : वैशाख १८, २०८१ मंगलबार १७:४२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया