logo-img

एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित

एमाले जिल्ला कमिटी जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका छन् । एमाले जुम्लाको नवौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि भएको निर्वाचनमा धीरेन्द्रराज गिरीलाई हराउँदै महत निर्वाचित भएका हुन् ।

महतले १९४ मत र गिरीले १३५ मत प्राप्त गरे । अधिवेशसनमा कुल ३३४ जना प्रतिनिधि छानिएका थिए । जसमध्ये ३२९ मत खसेको थियो । उपाध्यक्षमा प्रेम बहादुर बुढाले १८७ मत प्राप्त गरी विजयी भए ।

उनका प्रतिस्पर्धी पदम बुढाले १३८ मत ल्याए । यस्तै, १७९ मतका साथ मानबहादुर रोकाया सचिवमा विजयी भए । उनका प्रतिस्पर्धी आदीप्रसाद न्यौपानेले १४१ मत प्राप्त गरे । 

यसैगरी उपसचिवमा धनबहादुर बुढा र महिला उपसचिवमा मेनका रेग्मी विजयी भएका छन् । 





  • प्रकाशित मिति : वैशाख २०, २०८१ बिहीबार १०:२१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया