logo-img

अल नासर किङ कपको फाइनलमा, रोनाल्डोको दुई गोल

अल नासर साउदी किङ कपको फाइनल प्रवेश गरेको छ । गएराति सम्पन्न सेमिफाइनलमा अल खालीजलाई ३–१ गोल हराउँदै नासर फाइनलमा प्रवेश गरेको हो । 

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले दुई र साडियो मानेले एक गोल गरे । अल खालीजका लागि एक गोल फवाज टोराल्सले गरेका थिए ।  

रोनाल्डो दुई खेलको प्रतिबन्धपछि खेलमा फर्किएका हुन् । पहिलो सेमिफाइनलमा अल हिलालले अल इतिहादलाई २–१ ले पराजित गर्दै फाइनलमा पुगेको थियो ।  





  • प्रकाशित मिति : वैशाख २०, २०८१ बिहीबार ११:१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया