logo-img

वेस्ट इण्डिजविरुद्ध प्रतिश जिसीलाई पहिलो बलमै सफलता
फाइल तस्बिर

वेस्ट इण्डिज ‘ए’ टी–२० सिरिजको चौथो खेलमा नेपाललाई पहिलो सफलता युवा तीव्र गतिका बलर प्रतिश जिसीले दिलाएका छन् । नेपाललाई पहिलो सफलता दिलाउनेक्रममा प्रतिशले १.१ ओभरमा उपकप्तान एलिक एथेनाजेलाई ५ रनमा क्याच आउट गराए ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले आज पनि टस हारेर पहिला बलिङ गर्ने मौका पाएको हो । नेपालले आज प्लेइङ–११ मा आठ खेलाडी परिवर्तन गरेको छ । 

नेपालले चौथो खेलमा विनोद भण्डारी, अनिलकुमार साह, आरिफ शेख, कमलसिंह ऐरी, लोकेश बम, करण केसी, सागर ढकाल  र विवेक यादवलाई बेन्चमा राखेर रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, अविनाश बोहरा, सन्दीप जोरा, ललितनारायण राजवंशी र प्रतिश जिसीलाई मौका दिएको हो ।

विश्वकपका लागि नेपालले टोली घोषणा गरिसकेकाले आजको खेलमा प्लेइङ–११ मा व्यापक परिवर्तन गरिएको हो । सिरिजमा नेपाल २–१ ले पछि छ । सिरिजमा जीवित रहन नेपाललाई आज जित्नैपर्ने दबाब छ ।

नेपालले पहिलो खेलमा ४ विकेटले वेस्ट इण्डिजलाई हराए पनि त्यसपछिको दुई खेलमा भने लगातार हार बेहोर्यो । नेपाल आज जित निकालेर उत्कृष्ट कमब्याक गर्न चाहन्छ ।   
 





  • प्रकाशित मिति : वैशाख २०, २०८१ बिहीबार १२:२३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया