logo-img

आईटी क्षेत्र सरकारको प्राथमिकतामा पर्नुपर्छ : चन्द्र ढकाल
फाइल तस्बिर

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रा भित्र्याउन सक्ने सम्भावना बोकेको आईटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न आवश्यक रहेको बताएका छन् ।  

बिहीबार काठमाडौंमा सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कारोबारहरूलाई अनलाइन माध्यमबाट गर्नुपर्नेमा जोड दिए ।

उनले अनलाइनबाट कारोबार गरे त्यो पारदर्शी हुने र सहज हिसाबले काम गर्ने वातावरण बन्ने उल्लेख गर्दै यो ठूलो लगानी बिनै विदेशी मुद्रा आर्जन गर्नसक्ने सम्भावना बोकेको आईटी क्षेत्रलाई सरकारले थप प्राथमिकता दिनुपर्ने बताए । 

‘आइटीको क्षेत्रमा हेर्दा हामी कतिपय पूर्वाधार, ठूलो लगानी नभईकन विदेशी मुद्रा भित्र्याउनसक्ने सम्भावना रहेको छ । यसलाई सरकारले अझै प्राथमिकतामा राखेर यो क्षेत्रमा लाग्नुपर्छ । हामीले जति पनि कारोबारहरू हुन्छ, कारोबार पारदर्शी गर्ने हिसाबमा पनि निजी क्षेत्रको तर्फबाट एउटा फेसलेस भनौँ, डिजिटल माध्यमबाट जानसक्यो भने पारदर्शिता हुन्छ । सहज हिसाबले काम गर्ने वातावरण बन्छ । डिजिटल सिग्नेचरको कुरा हामीले उठाइरहेका छाैँ, केही यसलाई अझै कार्यान्वयनमा ल्याउन त्यत्तिकै महत्वपूर्ण छ,’ अध्यक्ष ढकालले भने ।

यस्तै, उनले आईटी क्षेत्रलाई लगानी सम्मेलनमा प्राथमिकताका साथ सरकारले लिएका प्रति खुसी व्यक्त गर्दै त्यो महत्वपूर्ण भएको समेत बताए । 





  • प्रकाशित मिति : वैशाख २०, २०८१ बिहीबार १३:३८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया