logo-img

सिरिजमा जीवित रहन जित्नैपर्ने खेलमा नेपालले पायो २१० रनको लक्ष्य

टी–२० सिरिजको चौथो खेलमा वेस्ट इण्डिज ‘ए’ ले नेपाललाई २ सय १० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनायो ।  

उसका लागि आन्द्रे फ्लेचर र जोनसन चार्ल्सले अर्धशतकीय पारी खेले । फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्कासहित अविजित ८४ रन बनाए । यस्तै, फेबियन ऐलनले अविजित ३३ रन जोडे । नेपालका लागि कुशल भुर्तेलले दुई र प्रतिश जिसीले एक विकेट लिए । 

नेपालले आज प्लेइङ–११ मा आठ खेलाडी परिवर्तन गरेको छ । नेपालले चौथो खेलमा विनोद भण्डारी, अनिलकुमार साह, आरिफ शेख, कमलसिंह ऐरी, लोकेश बम, करण केसी, सागर ढकाल  र विवेक यादवलाई बेन्चमा राखेर रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, अविनाश बोहरा, सन्दीप जोरा, ललितनारायण राजवंशी र प्रतिश जिसीलाई मौका दिएको हो ।

विश्वकपका लागि नेपालले टोली घोषणा गरिसकेकाले आजको खेलमा प्लेइङ–११ मा व्यापक परिवर्तन गरिएको हो । सिरिजमा नेपाल २–१ ले पछि छ । सिरिजमा जीवित रहन नेपाललाई आज जित्नैपर्ने दबाब छ ।

नेपालले पहिलो खेलमा ४ विकेटले वेस्ट इण्डिजलाई हराए पनि त्यसपछिको दुई खेलमा भने लगातार हार बेहोर्यो । नेपाल आज जित निकालेर उत्कृष्ट कमब्याक गर्न चाहन्छ ।   





  • प्रकाशित मिति : वैशाख २०, २०८१ बिहीबार १४:६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया